मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति
काठमाडौं । मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।
मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन ।
आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
