मनकामना केबलकार एक दिनका लागि बन्द हुने
काठमाडौं । गोरखास्थित मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो । मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
