नेप्से परिसूचकमा आज सामान्य अङ्कको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अंकले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ ।
आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता सेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह शून्य दशमलव ०३, लगानी समूह शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८२ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३० र वित्त समूह एक दशमलव ०८ प्रतिशतले बढेको छ ।
गुर्खाज फाईनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पाँच दशमलव १५ प्रतिशतले घटेको छ ।
कारोबार रकममा आधारमा गुर्खाज फाईनान्स लिमिटेडको २३ करोड १४ लाख ५८ हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको छ लाख ४२ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच भनेको छ ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
