युक्रेनमा भएको रूसी आक्रमणमा परी १० जनाको मृत्यु
काठमाडौं । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी आक्रमणमा परी १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताएका छन् । दक्षिणी युक्रेनमा भएको आक्रमणको तीव्र शृङ्खलामा मंगलबार भएको यो पछिल्लो आक्रमणमा १० जनाको मृत्यु भएको २२ जना घाइते भएका छन ।
भग्नावशेषमुनि एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको क्षेत्रीय गभर्नर इभान फेडोरोभले जानकारी दिए। गभर्नरका अनुसार आक्रमणबाट मध्य जापोरिझियामा रहेको एक क्लिनिक र एउटा कार्यालय भवनमा व्यापक क्षति पुगेको उनले टेलिग्राममा बताएका छन् ।
रूसका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमा मित्रराष्ट्रलाई आह्वान गरेका छन्।
गत शुक्रबार पनि जापोरिझियामा भएको रूसी आक्रमणमा १० जनाको मृत्यु भएको थियो । मस्कोले बुधबार युक्रेनको दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको सैन्य हवाई क्षेत्रमा पश्चिमा मुलुकले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै युक्रेनविरुद्ध प्रतिशोध लिने रूसले चेतावनी दिएको थियो ।
एक अमेरिकी अधिकारीले रूसले चाँडै नै युक्रेनलाई आफ्नो नयाँ हाइपरसोनिक ‘ओरेशनिक’ क्षेप्यास्त्रले निशाना बनाउन सक्ने बताएका छन् ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
