बलात्कारको झुठो उजुरी दिने युवतीलाई ३ महिना कैद
दैलेख । आफूमाथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको बेहोराको विपरीत अदालतमा बयान दिने एक युवतीलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको छ। एक २२ बर्सिया युवतीलाई दैलेख जिल्ला अदालतले यस्तो सजाया सुनाएको हो।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीबार यस्तो सजाय गरेको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए। प्रहरीमा आफैले दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले गाउँको रिस्विबीले उजुरी दिएको भनी बयान बदलेको कारण यो सजाय भएको हो।
राज्यका साधन, श्रोत र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ। बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका- ५ कट्टी गाउँका २३ वर्षीय दीपेन्द्र शाहीलाई अदालतले सफाई दिएपछि कारागारबाट छुटेका छन्।
झन्डै दुई वर्ष अघि २०७७ वैशाख २० गते आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले वैशाख २८ गते दिएको उजुरी दिएकी थिइन्। डेढ वर्षपछि अभियोग लगाइएका व्यक्ति पक्राउ परेका थिए।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
