स्वस्तिमाले छाडिन् ‘पल्पसा क्याफे’
काठमाण्डौ । अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक नाटकमा अभिनय गर्ने तयारीमा थिइन् । ‘पल्पसा क्याफे’ पुस्तकमाथि मञ्चन हुन लागेको नाटकमा उनको अभिनय रहने गरी गत वर्ष राजधानीमा एक कार्यक्रमका बीच नाटकको घोषणा गरिएको थियो । कोरोनाका कारण एक वर्ष रोकिएको नाटक अब आउँदो बैशाख ९ गतेबाट मञ्चन हुँदैछ तर स्वस्तिमाले भने नाटकबाट हाट झिकेकी छन् ।
समय अभावका कारण स्वस्तिमाले नाटकमा अभिनय गर्न नसकेको निर्देशक विमल सुवेदीले जानकारी दिए । उनी बाहिरिएसँगै नाटक ‘पल्पसा क्याफे’मा अभिनेत्री सृष्टि श्रेष्ठको प्रवेश भएको छ । अब उनले नाटकमा पल्पसाको भूमिका निर्वाहा गर्नेछन् । थिएटर भिलेजको नाटक थापागाउँस्थित मण्डला थिएटरमा वैशाख महिनाभर मञ्चन हुने सह–निर्देशक दीलिप रानाभाटले बताए ।
सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटकमा दृश्यको भूमिकामा नाटक निर्देशक विमल सुवेदी आफैँले अभिनय गर्ने भएका छन् । अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदै छन् । कोरोना महामारीका कारण नाटक पटकपटक सरेकाले नयाँ–नयाँ कलाकारहरूलाई जुटाउन धेरै समस्या भएको कास्टिक डिरेक्टर तथा सह(निर्देशक दीलिप रानाभाटले जानकारी दिए ।
हालै प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’बाट अभिनयको प्रशंसा बटुलेकी सृष्टिले यसअघि पनि नाटकको अनुभव लिइसकेकी छन् । उनले थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरेकी थिइन् । नाटक ‘पल्पसा क्याफे’मा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतको पनि अभिनय रहनेछ ।
Topics
भर्खरै
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
