एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतक सुनिता बराल नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् ।
संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन् ।
प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो। सचेतक बनेकी बराल समानुपातिक सांसद हुन्।गिरीको स्थान बर्तौलाले लिँदा एमाले सचेतकमा समानुपातिक सांसद सुनिता बरालले अवसर पाएकी छन्।
सुनिता अनेरास्ववियुको अध्यक्ष हुँदा बर्तौला उपाध्यक्ष थिए। प्रतिनिधिसभाको प्रमुख सचेतक बनाएका बर्तौला एमालेमा बौद्धिक युवा नेताका रुपमा परिचित छन्।
उनले २०७९ को चुनावमा मकवानपुर क्षेत्र नम्बर २ मा आफ्नै गुरु एवम् नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई हराएका थिए।
भर्खरै
-
दक्षिण कोरियाबाट जलबायु परिवर्तन न्युनिकरण को नयाँ अभियान
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली