मदन कृष्णको स्वरमा ‘तिमीलाई जब गुमाए’ सार्वजनिक

काठमाडौं । मदन कृष्ण श्रेष्ठको आवाजमा ‘तिमीलाई जब गुमाएँ….’ बोलको गीत् सार्वजनिक भएको छ । सराना बज्राचार्यको निर्देशन र कन्सेप्टमा तयार गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन फिचर्ड छन् ।
आफूहरु जन्मिनु अगाडि लेखिएको गीतको भिडियोमा फिचर्ड हुन पाउँदा खुसी लागेकोभन्दै नेपाली कला क्षेत्रका जिउँदो इतिहास मदन कृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस भएको कलाकारद्धय अधिकारी र हुसेनले बताए ।
सरला श्रेष्ठको शब्द रहेको गीतमा कृति न्यौपानेले संगीत भरेका छन् । गीत सफ्ट मेलोडी शैलीमा सम्बन्धमा हुने सानो गल्तीले सम्बन्ध कसरी टुट्न सक्छ भन्ने कथा समेटिएको छ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल