मदन कृष्णको स्वरमा ‘तिमीलाई जब गुमाए’ सार्वजनिक
काठमाडौं । मदन कृष्ण श्रेष्ठको आवाजमा ‘तिमीलाई जब गुमाएँ….’ बोलको गीत् सार्वजनिक भएको छ । सराना बज्राचार्यको निर्देशन र कन्सेप्टमा तयार गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन फिचर्ड छन् ।
आफूहरु जन्मिनु अगाडि लेखिएको गीतको भिडियोमा फिचर्ड हुन पाउँदा खुसी लागेकोभन्दै नेपाली कला क्षेत्रका जिउँदो इतिहास मदन कृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस भएको कलाकारद्धय अधिकारी र हुसेनले बताए ।
सरला श्रेष्ठको शब्द रहेको गीतमा कृति न्यौपानेले संगीत भरेका छन् । गीत सफ्ट मेलोडी शैलीमा सम्बन्धमा हुने सानो गल्तीले सम्बन्ध कसरी टुट्न सक्छ भन्ने कथा समेटिएको छ ।
भर्खरै
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
