बारको मत परिणाम आउन एकसाता लाग्ने
काठमाडौं । नेपाल वार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि देशभरका ३५ वटा मतदान केन्द्रबाट सम्पन्न मतदानको परिणाम आउन एक साता लाग्ने भएको छ ।
बार सोसिएसनको २६ औं अधिवेशनबाट नयाँ केन्द्रीय समितिको निर्वाचन देशैभरबाट भएकाले मतदात बक्स आउन समय लाग्ने भएकाले गणनामा ढिलाइ हुने भएको निर्वाचन समितिले जनाएको छ।
फागुन १० गतेदेखि शुरुभएको निर्वाचन प्रक्रिया शनिबार मतदान भएको थियो । निर्वाचनमा देशभरबाट नौ हजार ५८८ जनाले मतदानमा भाग लिने छन् । नेतृत्वका लागि आठ जनाले अध्यक्षका लागि प्रतिस्पर्धा गरेको छ, भने सातै प्रदेशमा एक जना उपाध्यक्ष विच प्रतिस्पर्धा भएको छ ।
यता एक जना महासचिव पदका लागि सात जना विच प्रतिस्पर्धा भएको छ भने कोषाध्यक्ष पदका लागि तीन जना प्रतिस्पर्धी रहेका छन् । अन्य १४ जना सदस्यका लागि ४४ जना बीच निर्वाचनबाटै प्रतिस्पर्धा शुरु भएको हो ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
