डन मन्त्री मनाङेले आफ्नै कर्मचारी कुटे
पोखरा । डनको रुपमा परिचित गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कार्यलयको कर्मचारीलाई कुटपिट गरेका छन् ।
उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मंगलबार हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका मन्त्रालयका एक कर्मचारीले बताए । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
