शेर्पा बृहत भेला बैसाख ३ गते काठमाडौंमा
काठमाडौं । नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदात तथा स्थानीयतहको उम्मेदवारमा शेर्पाहरुको पहुँच थप गर्ने लक्ष्यले काठमाडौंमा शेर्पाहरुको बृहत भेलाको आयोजना हुने भएको छ । नेपाल लोकतान्त्रिक शेर्पा संघको आयोजनामा २०७९ बैसाख ३ गते कुन्डलिटी पार्टी प्यालेसमा देशभरका शेर्पाहरुको भेलाको आयोजना हुने भएको हो ।
शेर्पाहरुको राजनितीक सहभागिता र पदिय सुनिश्चितता कम्जोर हुनुले राज्यशक्तिमा कम उपस्थिती हुने गरेको भन्दै राजनितीक शक्तिसँगै स्थानीयतहमा उपस्थिती बृद्धि गर्ने लक्ष्यले भेलाको आयोजना गर्ने तयारी गरेको नेपाल लोकतान्त्रिक शेर्पा संघ सचिवालय सदस्य आङपेम्वा शेर्पाले जानकारी दिए ।
भेलालाई नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको शेर्पाले जानकारी दिए । आसन्न स्थानीयतहको निर्वाचत केन्द्रीत भएर चुनाव जित्ने लक्ष्यले भेलामा रणनिती समेत तय गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संघले कार्यक्रमका लागि सात सदस्सीय सचिवालय समिति गठन गरेको छ ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
