बृहत शेर्पा भेलाको तयारी सम्पन्न
काठमाडौं । नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदात तथा स्थानीयतहको उम्मेदवारमा शेर्पाहरुको पहुँच थप गर्ने लक्ष्यले काठमाडौंमा हुने बृहत शेर्पा भेलाको तयारी सम्पन्न भएको आयोजकले जनाएको छ । लोकतान्त्रिक शेर्पा संघ, नेपालले आयोजना गर्ने कार्यक्रमको अन्तिम बैठक बुधबार बसी सम्पुर्ण तयारी जुटाइ सकेको आयोजक संस्थाका सदस्य आङपेम्वा शेर्पाले जानकारी दिए ।
बैसाख ३ गते कुन्डलिटी पार्टी प्यालेसमा देशभरका शेर्पाहरुको भेलाको आयोजना हुने भएको हो । शेर्पाहरुको राजनितीक सहभागिता र पदिय सुनिश्चितता कम्जोर हुनुले राज्यशक्तिमा कम उपस्थिती हुने गरेको भन्दै राजनितीक शक्तिसँगै स्थानीयतहमा उपस्थिती बृद्धि गर्ने लक्ष्यले भेलाको छ ।
भेलालाई नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको शेर्पाले जानकारी दिए । आसन्न स्थानीयतहको निर्वाचत केन्द्रीत भएर चुनाव जित्ने लक्ष्यले भेलामा रणनिती समेत तय गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । भेलामा सम्पुर्ण शेर्पाहरुले आफ्नो जातीय पोशाकमा अनिवार्य रुपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन समेत आयोजकले अनुरोध गरेको छ । बुधबार नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा, पुर्वमन्त्री कृपाशुर शेर्पा लगायत शेर्पा अगुवाहरुको उपस्थिती रहेको थियो ।

Topics
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
