मंगलबार बौद्धमा शेर्पा बृहत भेला हुँदै
काठमाडौं । नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदात र बैसाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा शेर्पा जातिको उम्मेदवारमा पहुँच बढाउने लक्ष्यले काठमाडौंमा बैसाख ६ गते मंगलबार बृहत शेर्पा भेला हुने भएको छ ।
लोकतान्त्रिक शेर्पा संघ, नेपालले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यमा बौद्धको हायत रेजेन्जी होटल, काठमाडौंमा विहान ११ बजे देखि भेला हुने भएको आयोजक समितिका सदस्य नाम्ग्यल शेर्पाले जानकारी दिए ।
शेर्पाहरुको राजनितीक सहभागिता र स्थानीयतहमा पदिय सुनिश्चितता कम्जोर हुनुले राज्यशक्तिमा कम उपस्थिती हुने गरेको भन्दै राजनितीक शक्तिसँगै स्थानीयतहमा उपस्थिती बृद्धि गर्ने लक्ष्यले भेलाको रहेको शेर्पाले जानकारी दिए ।भेलामा अध्यक्ष ओली सहित एमालेका केन्द्रीय नेताहरुको समेत उपस्थिती रहने र देशैभरका शेर्पाहरुको उपस्थिती रहने आयोजकले जनाएको छ । स्थानीयतहको निर्वाचत केन्द्रीत भएर चुनाव जित्ने लक्ष्यले भेलामा रणनिती समेत तय गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । भेलामा सम्पुर्ण शेर्पाहरुले आफ्नो जातीय पोशाकमा अनिवार्य रुपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन समेत आयोजकले अनुरोध गरेको छ ।
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
