निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख ७२ हजार नौ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार १० महिनामा एक लाख ६१ हजार आठ सय २७ नेपालीले भ्रमण गरेका छन् । जसमध्ये सार्क मुलुकका २६ हजार चार सय ६१ र तेस्रो मुलुकका ८४ हजार छ सय ५४ जना रहेका छन् ।
गत आवमा दुई लाख ९९ हजार चार सय १२ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका तिवारीले बताउनुभयो । जसमध्ये तेस्रो देशका ५५ हजार आठ सय ७२ र सार्कका ३७ हजार नौ सय ३५ थिए । नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो ।
‘कोभिडपछि विदेशी पर्यटकको आगमनमा कमी आएको थियो । क्रमशः विदेशीको सङ्ख्या बढ्दै गएको छ । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चितवन राष्ट्रिय निकुञ्जलाई लिने गरिन्छ’, सूचना अधिकारी तिवारीले भन्नुभयो, ‘विदेशी पर्यटक सफारी पर्यटनका लागि यहाँ आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु, चराचुरुङ्गी, जलचर अवलोकनका लागि पर्यटक यहाँ आउने गर्दछन् ।’
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । निकुञ्जका केही प्रवेशद्वार महानगरतर्फ पनि छन् । महानगरले स्वदेश तथा विदेशमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको छ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
